Techie IT
Mission Khabar

अब करको दायरमा आउँदै युट्युब


काठमाडौं । सरकारले युट्युब र सामाजिक सञ्जालमार्फत हुने आम्दानीलाई समेत करको दायरामा ल्याएको छ । देउवा सरकारले ल्याएको पछिल्लो बजेटले युट्युबलाई करको दायरामा ल्याएको हो ।

पछिल्लो समयमा युट्युबको अकान्ट खोल्ने र भिडियो राख्ने अनि त्यसैलाई पेसा व्यवसाय बनाउनेको सङ्ख्या बढेसँगै यसैको आडमा विकृति बढ्दा सरकार कर उठाउन अग्रसर देखिएको छ । राम्रै आम्दानी हुने भए पनि यो क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधि सभामा पेस गरेको चालु आर्थिक वर्षको बजेटमा युट्युबलाई समेत करको दायरामा ल्याइएको छ ।

यसबाट थोरै भए पनि सरकारको राजश्वमा योगदान पुग्नेछ । अब युट्युबबाट प्राप्त हुने रकमको एक प्रतिशतको दरले अग्रिम कर तिर्नुपर्ने व्यवस्था प्रतिस्थापन विधेयकमार्फत बजेटमा गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्