अझै स्विकारेनन एमाले अध्यक्ष ओलीले संसद विघटनको गल्ती, बाध्यताको परिणाम भएको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले दुई पटकसम्म गरेको प्रतिनिधिसभा विघटनको बाध्यताको परिणाम भएको दाबी गरेका छन् । आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले बाध्यताका कारण संसद् विघटन गर्नुपरेको उल्लेख गरेका हुन् ।
यसअघि पनि ओलीले संसद् विघटन आन्तरिक किचलो व्यवस्थापन गर्न नसक्नुको बाध्यता भएको बताउने गरेका थिए । २०७७ पुस ५ मा विघटन गरेको संसद् सर्वोच्च अदालतले पुनस्थापना गरिदिएपछि ओलीले २०७८ जेठ ७ मा पुनः विघटन गरेका थिए । तर दोस्रो पटक पनि पार्टीभित्रै असहयोग हुँदा संसद् विघटन गर्नु परेको दाबी अध्यक्ष ओलीले गरेका छन् ।
यता, दश बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुले भने संसद् विघटन असंवैधानिक र प्रतिगामी कदम भएको दावी गर्दै आएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्