अष्ट्रेलियाको विनर सर्कल मिडियाबाट तीन जना विरामी बालबालिकाका लागि ९ लाख सहयोग

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा सञ्चालित विनर सर्कल मिडियाले नेपालका तीन जना विरामी बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । यसअघि गम्भिर रोगबाट शिकार भएका बालक उस्मान अलिको निम्ती संकलन गरिएको रकम अलीको निधन भएसँगै सफलता रानाभाट, समान मानन्धर र क्षितिज सिंगोहंगको उपचारका लागि पठाइएको मिडियाका संस्थापक रोशन खतिवडाले जानकारी दिनुभएको हो ।
सफलता र क्षितिजलाई २÷२ लाख र गम्भिर विरामी रहेका समान मानन्धरलाई ५ लाख रुपैयाँ गरी कुल ९ लाख रकम नेपाल पठाइएको छ । यसअघि गम्भिर रोगबाट शिकार भएका बालक अलीको उपचारको निम्ती संस्थाले १० लाख संकलन गर्ने लक्ष्य सहित अभियान चलाएको थियो । सहयोग संकलन अभियानकै क्रममा बालकको दुखःद निधन भएको थियो । ‘रुटिन अफ नेपाल बन्द’ पेज मार्फत सम्पर्कमा आएका बालबालिकाहरुलाई सहयोग रकम उपलब्ध गराइएको संस्थापक खतिवडाले बताउनुभयो ।
स्थापनाकालदेखि नै विभिन्न सामाजिक काम गर्दै आएको विनर सर्कल मिडियाले नेपालमा रहेका गम्भिर बिरामीहरुको उपचारमा सहयोग गर्दैआएको छ । सामाजिक एवंम मानविय कामहरुलाई निरन्तरता दिइरहने संस्थापक खतिवडाले जानकारी दिनुभएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्