चालू आर्थिक वर्षको दुई महिनामै ३ खर्ब १४ अर्बको आयात, बढ्यो व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०७७\७८ को दुई महिनामा नै नेपालमा ३ खर्ब १४ अर्ब रुपैयाँको मालवस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले आयात बढेको हो । गत आर्थिक वर्षको दुई महिनामा नेपालले विदेशबाट १ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ ।
यता, यो अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले सुधारिएको छ । दुई महिनाको अवधिमा नेपालले ४४ अर्ब रुपैयाँको वस्तु निकासी गरेको विभागको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा नेपालले २० अर्बको वस्तु निकासी गरेको थियो । वस्तु आयात निर्यातका क्रममा यो अवधिमा नेपाललाई वैदेशिक व्यापारमा २ खर्ब ७० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यो घाटा गत वर्षको भन्दा ७० प्रतिशत बढी भएको भन्सार विभागले जनाएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्