आर्थिक वर्ष २०७७/०७८ मा चौधरी ग्रुपले सरकारलाई बुझायो १४ अर्व २८ करोड राजश्व

काठमाडौं । चौधरी ग्रुपले आर्थिक बर्ष २०७७-०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँको योगदान दिएको छ । नेपाली काँग्रेसका सांसद उद्योगी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक बर्षमा सरकारी ढुकुटीमा १४ अर्ब २८ करोड बराबरको राजश्व जम्मा भएको हो ।
पछिल्लो बर्ष नेपाल सरकारको कुल राजश्वमा चौधरी ग्रुपको योगदान १ दशमलब ७३ प्रतिशत रहेको छ । एउटा ब्यापारिक समूहबाट सरकारको राजश्वमा भएको योगदानमा सम्भवतः यो सबैभन्दा ठूलो योगदान हुने चौधरी ग्रुपले दावी गरेको छ । कोभिड–१९ का कारण विश्वब्यापी अर्थतन्त्र ओरालो लागेको, नेपालको समग्र अर्थतन्त्र शिथिल बनेको, निजी क्षेत्रद्वारा सञ्चालित उद्यम व्यवसायमा प्रत्यक्ष नकारात्मक असर परेको र आपूर्ति श्रृखंला अवरुद्ध भई ब्यापारिक कारोबारमा ब्यापक गिरावट आएको समयमा चौधरी ग्रुपले राजश्वमा गरेको योगदानलाई सकारात्मक रुपमा लिइएको छ ।
स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिद लगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा आफ्नो राजश्वको योगदानले महत्वपूर्ण भूमिका निर्वाह गरेको विनोध चौधरीले जानकारी दिनुभयो ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्