१ करोड ३१ लाखले लगाए नेपालमा कोरोनाविरुद्धको खोप, अझै कायमै संक्रमणको जोखिम

काठमाडौं । नेपालमा एक करोड ३१ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् । खोप अभियान जारी रहेकाले एकदुई दिनमै यो संख्या दुई करोड हाराहारि पुग्ने आँकलन गरिएको छ । खोप लगाउनेहरुको संख्या बढाएसँगै कोरोना संक्रमण घट्न थालेका प्रक्षपण समेत स्वास्थ्य अधिकारिहरुको छ ।
पछिल्लो २४ घण्टाको कोरोना संक्रमणको अवस्था
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार तीन जनाको नमुना परीक्षण गर्दा १ हजार एक सय ५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार तीन सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६३ हजार सात सय ३४ पुगेको छ । थप १२ जनाको मृत्युभएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय १५ पुगेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्