पोखरास्थित पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना, काठमाडौंबाट घुम्न गएका ८ जनाको मृत्यु

काठमाडौं, पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा काठमाडौँबाट घान्द्रुक घुम्न आएका ७ जना विद्यार्थी र जिप चालक रहेका छन् ।
दुर्घटनामा २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको र आठ जना मृतकको सनाखत भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । दुर्घटनामा परेर मृत्यु हुनेमा जिप चालक अन्नपूर्ण गाउँपालिका–५ का ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौँ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री छन् । दुर्घटनाका मृतकहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
दसैँ बिदामा घुम्न काठमाडौँ महानगरपालिका– ३ गोङ्गबुबाट आएका विद्यार्थीलाई लिएर नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दुर्घटना भएको आँकलनसहित घटनाबारे थप अनुसन्धान भैरहेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्