मन्त्री आलेको पहलमा नेपाल वायू सेवा निगमका कर्मचारीको चार महिनादेखिको आन्दोलन स्थगित

काठमाडौं । विभिन्न माग राखेर नेपाल वायू सेवा निगमका कर्मचारीहरुले करिब चार महिनादेखि जारी राखेको आन्दोलन आजबाट स्थगत भएको छ । नवनियुक्त पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले सपथ ग्रहण गरेको ४८ घन्टाभित्र निगमको गतिरोध तोड्न सफल भएका हुन ।
मन्त्री आलेसँगको वार्तापछि कर्मचारीहरु आन्दोलन फिर्ता लिन सहमत भएका छन् । वार्ताका क्रममा मन्त्री आलेले केही समय लिएर कर्मचारीले अघि सार्दैआएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । मन्त्रीको आग्रहअनुसार आन्दोलित कर्मचारीहरुले सोमबारबाटै नेवानीमा लगाएको ताला खोलेका छन् । कर्मचारीको आन्दोलनका कारण निगम अस्तव्यस्त बन्दैआएको थियो ।
निगमलाई सरकारले निजीकरण गर्न लागेको भन्दै कर्मचारीले आन्दोलन सुरु गरेका थिए । नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलनलाई प्रमुख प्राथमिकतामा राखेर वार्तासँगै समस्या समाधानतर्फ ध्यान दिने भन्दै गरेको प्रतिबद्धता पुरा हुन्छ कि हुँदैन ? यो प्रतिक्षा बाँकी नै छ ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्