Techie IT
Mission Khabar

अझै केही दिन पानी पर्ने, तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षा


काठमाडौं । देशका धेरैजसो ठाउँमा अहिले पनि हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम, प्रदेश २ र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि पानी परिरहेको छ ।

दिनभर नै देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने आँकलन गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले राति र बुधबारसम्म नै निरन्तर ठूलो पानी पर्ने जनाएको छ । बिहिबारबाट मात्रै मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले जानकारी दिएको छ । मौसममा केही सुधार देखिने भएपनि बदली भने कायमै रहने भएकाले मौसम पूरै सफा हुा केही दिन लाग्ने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

शनिबार रातिदेखि देशका विभिन्न ठाउँमा जारी रहेको वर्षाले जनजीवन प्रभावित भएको छ । बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ । अझै मौसमी प्रणालीको प्रभाव हटेपछि मात्रै मनसुनी वर्षाको क्रम रोकिने जनाइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्