Techie IT
Mission Khabar

सामाजिक सञ्जाल फेसबुले गर्यो तीन महिनामै नौँ अर्ब डलर आम्दानी


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ । गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अघि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएपछि आम्दानी केही खुम्चिएको थियो । केही समय त फेसबुकको विश्वसनीयतालाई लिएर चौतर्फी आलोचना पनि भयो ।

यता, फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने कम्पनीको प्रगती देखेर झुटो आरोप लगाइएको बताएका थिए । एक वर्षयता मासिक प्रयोगकर्ताको सङ्ख्या पनि ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको फेसबुकले जानकारी दिएको छ । फेसबुकले प्रत्यक्ष रुपमा हजारौँलाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा फेसबुकले जुटाइदिएको विभिन्न विज्ञापन मार्फत लाखौँले लाखौँ बराबरको आम्दानी गरिरहेका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्