Techie IT
Mission Khabar

जिरीमा सरकारी शिक्षक नै राजनीतिमा, मनोमानीविरुद्ध माओवादी केन्द्रको ध्यानाकर्षण


अबिरल बस्नेत, दोलखा । सरकारी स्वास्थ्यकर्मी र शिक्षकहरु नेकपा एमालेको वडा तथा नगर अधिबेशनको र्याली तथा भेलामा सहभागि भएको बारे नेकपा माओवादी केन्द्र जिरी नगर समितिले गम्भिर आपत्ती जनाएको छ । जिरी नगरपालिकाका कर्मचारि, विद्यालयका शिक्षकहरु जिम्मेबारी र कानुनी दायित्व भुलेर पार्टी राजनीतिमा लाग्दा नगरबासीको सेवामा राजनीतिक प्रभावका साथै शैक्षिक गुणस्तर खस्किएको आरोप लगाइएको छ ।

माओवादी केन्द्र नगर समितिका अध्यक्ष नविन र ईन्चार्ज गेल्बु शेर्पाको संयुक्त हस्ताक्षरमा जारी ध्यानकर्षण पत्रमार्फत नगर क्षेत्रमा देखिएका विक्रिति विसंगती रोक्न भनिएको छ । विकास निर्माणका कार्यक्रम र उपभोक्ता समिति गठनमा नगरवासीको सहमति र सहभागितालाई छलेर हुँदैआएको मनोमानीमाथी समेत ध्यानाकर्षण गराएको नगर समितिले मनोमानी र बिक्रिति नरोकिएमा प्रतिवाद गर्नेसम्मको चेतावनी दिएको छ । यस्तै,माओवादी केन्द्र नगरसमितिले जिरी अस्पतालको सेवा सुविधा खस्किदा चरिकोट र काठमाडौं धाउनुपरेको बारे समेत नगर समितिले गम्भिर ध्यानाकर्षण गराएको छ ।

पिपुल्स इनर्जी प्रालीको बजेट कार्यक्रम रोक्न ध्यानाकर्षण
पिपुल्स इनर्जी प्राली काठमाडौंले जिरी नगरपालिका वडा नम्बर ८ र ९ मा निर्माणाधिन खिम्ती–२ जलविद्युत आयोजना अन्तर्गतको प्रभावित क्षेत्रको सामाजिक विकासको लागि उपलब्ध बजेट दुरुपयोग भएको भन्दै नेकपा माओवादी केन्द्र जिरील नगर समितिले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

वडा नम्बर ८ का वडा अध्यक्षको रोहबरमा चुनावी बजेट बनाई पार्टीगत रुपमा व्यक्तिका नाममा छुट्याइएकोमा नगर समितिले गम्भिर आपत्ति जनाएको हो । पार्टी प्रतिनिधि, संघसंस्था र स्थानीयको सहभागितामा साझा कार्यक्रम तयार नहुँदासम्मको लागि विकास रकम रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्