Techie IT
Mission Khabar

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य


काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य गरिएको छ । मन्त्रिपरिषदको कात्तिक ११ को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक समेत अन्त्य भएको जानकारी दिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्