Techie IT
Mission Khabar

प्रधानन्याधीशलाई राजीनामा दिनका लागि नेपाल बारको ५ दिने अल्टिमेटम, इजलास नरोक्न रिट


काठमाडांै । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको छ । शुक्रवार बसेको बार कार्यसमितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको हो ।

यसअघि नै प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैआएको बारले आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने निर्णय गरेको छ । बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न समेत भनेको छ । बारले तय गरेका पहिलो चरणका बिरोध कार्यक्रम अवधिभर पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बारका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतको इजलास बारे बिवाद हुँदा शुक्रबार बारमा अधिवक्ताहरु बीच कुटाकुट भएको थियो । इजलास बहिष्कारको विषयमा विवाद हुँदा वकिलद्वय भूमिनन्द चुडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो ।

न्यायाधीशको इजलाश वहिस्कार विरुद्ध रिट निवेदन
न्यायाधीशले इजलाश वहिस्कार गर्दा सेवाग्राहीहरु मरमा परेको भन्दै मुद्दा हेर्न परमादेश जारीको माग गरेर सर्वोच्च अदालतमा रिट दायर भएको छ । न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित सुनुवाइ प्रभावित भई न्यायको हक उल्लङ्घन भएको भन्दै पेसी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ । अधिवक्ता स्वागत नेपाल, कृष्ण प्रसाईँसहितका अधिवक्ताले आज सर्वोच्चमा रिट दायर गरी मुद्दा सुनुवाइका लागि परमादेश माग गरेका हुन । सर्वोच्चका न्यायाधीशहरूले तीनदिनदेखी इजलास बहिष्कार गरिरहेका छन् । इजलास बहिष्कारकै विषयमा बारमा भने विवाद चुलिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्