Techie IT
Mission Khabar

चर्तुभुजेश्वर वचतको ७ औं साधारण सभा, यस्ता छन् भावी योजना (फोटो डायरी)


ललितपुर, ललितपुर महागरपालिका वडा नम्बर १५ मा रहेको चर्तुभुजेश्वर वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

आ.व.०७७\०७८ को प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष ०७८\०७९ नीति, कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन रणनीतिसहित साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा प्रमुख अतिथि रहेका बागमती सहकारी सघंका वरिष्ठ उपाध्यक्ष जगत लाल मर्हजनले नीति र विधिलाई आत्मसात गर्दै सदस्यहरू मैत्री सेवा प्रवाहसँगै साकोस अभियानको महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष अरुण महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरका वडा नम्बर २८ र २९ का वडा अध्यक्षद्धय गणेश महर्जन, राजेश महर्जन, ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव श्याम महर्जन र विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साधारण सभा सम्पन्न गरेको सहकारीले सेयर सदस्य बढाउने, उनीहरुलाई सहुलियत ऋण मार्फत आवश्यकता टार्न सहयोग गर्नेदेखी संस्थाको बृद्धि विकासमा विशेष ध्यान दिने संकल्प समेत गरेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्