Techie IT
Mission Khabar

न्यायाधीशहरुलाई झस्काउने प्रधानन्यायाधीश जबराले प्रस्ताव ‘संविधान अनुकुल नै गरौं’ !


काठमाडौं । सर्वोच्च अदालतमा देखिएको किचलोको निकास खोज्न बसेको वार्तामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘संविधान अनुकुल नै गरौं’ भनेपछि न्यायाधीशहरु झस्किएका छन् । सोमबार साँझ न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई भेटेका जबराले कसैलाई पनि अपमाननपूर्वक हटाउन नहुने धारणा राखे ।

जबराले सम्मानजनक निकासको प्रस्ताव अघि सारेपछि न्यायाधीशहरुले प्रष्ट मार्गचित्र मागेका थिए । संविधानअनुकुल निकास भनेको महाअभियोग वा ६५ वर्षे उमेर हद पार गरेपछिको नियमित अवकाश हो । यसले वार्तामा बसेका न्यायाधीशहरुलाई झस्काएको थियो । भेटमा सहभागी न्यायाधीशहरुले अरु न्यायाधीशलाई ब्रिफिङ गर्दा प्रधानन्यायाधीश जबराले ‘छलफल गरौं, सकेसम्म संविधान अनुकुल नै गरौं’ भनेको जानकारी दिएका छन् । यहि कारण सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न सहमत भएका न्यायाधीशहरु मंगलबार बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइमा सहभागि भएनन् ।

न्यायाधीशहरु मंगलबार पुनः आन्तरिक छलफलमा जुटे पनि कसरी अघि बढ्ने भन्ने बारे निर्णय भैसकेको छैन । नेपाल बार एशोसिएशनले भने प्रधानन्याधीशको राजीनामा माग्दै कालो पट्टि बाँधेर नियमित जसो आन्दोलन गरिरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्