Techie IT
Mission Khabar

काठमाडौंमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने, यस्तो छ प्रशासनको आदेश


काठमाडौं । काठमाडौं जिल्लामा स्वास्थ्य मापदण्डको पालनासहित राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दैै राति ९ बजेसम्म मात्र देउसी खेल्न पाइने जानकारी गराएको हो ।

पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत जिल्ला प्रशासन कार्यालयले सचेत गराएको छ । यद्यपी उपत्यकामा छिटफुट रुपमा भने पटाका पड्काइएका छन् ।

यस्तो छ प्रशासनले जारी गरेको सूचना :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्