Techie IT
Mission Khabar

झुठा तथा नक्कली कर बिजक मार्फत राजश्व छल्ने १७ फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर


काठमाडौं । राजस्व अनुसन्धान विभागले २ अर्ब ३६ करोड बिगो मागदाबीसहित १७ फर्म तथा कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुविरुद्ध उच्च अदालत पाटनमा दयरमुद्दामा ६४ जनालाई प्रतिवादी बनाइएको छ ।

 

विभागका महानिर्देशक प्रकाश पौडेलले सबै मुद्दा दशैंपछि दर्ता गरिएको जानकारी दिएका हुन । राजस्व छली गर्नेहरुमा व्यापारिक प्रयोजनका फर्म र निर्माण सेवा प्रदायक कम्पनी समेत रहेको पाइएको छ । विभागले सांग्रिला ट्रेड एन्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज, जिएम इम्पोर्ट एन्ड एक्सपोर्ट, अन्सार मञ्जिल ट्रेडर्स, पीआर निर्माण सेवा, न्यू दीप इन्टरनेसनल, डीएन इन्टरनेसनल फर्मका विरुद्ध मुद्दा दाएर गरेको छ ।

यस्तै, हिमालयन नेपाल सप्लायर्स, श्री आरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, साकिर अलि, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिंक र राइज अटो ट्रेड प्रालिबिरुद्ध समेत विभागले मुद्दा दायर गरेको छ ।  यो मुद्धा सुनुवाईको प्रक्रियामा रहेको बताइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्