Techie IT
Mission Khabar

यो बर्ष भाईमसलामा २० प्रतिशतसम्म महंगि, फुलमा समेत ठगिदै उपभोक्ता


काठमाडौं । भाइमसला र फूलको खपत तिहारका बेला उल्लेख्य मात्रामा हुन्छ । धेरै खपत हुने भाईमसला यो बर्ष झनै महंगिएको पाइएको छ । खुद्रा व्यापार संघले गत बर्षको तुलनामा यो बर्ष भाईमसला २० प्रतिशतसम्म महंगिएको जानकारी दिएको हो ।

जुन बेला जुन वस्तुको खपत र माग उच्च हुन्छ त्यसै बेला व्यापारीहरुले मूल्य बढाएर उपभोक्तालाई मारमा पार्ने गरेका छन् । संघको तथ्याकंले नै गत वर्ष १४ सय प्रतिकेजीमा विक्रि भएको काजु यस वर्ष प्रतिकेजी १४ सय ५० देखि १५ सयसम्म विक्रि भएको देखाएको छ । पिस्ता १६ सय ५० बाट किलोमै १ सय ५० ले वृद्धि भई १८ सय पुगेको पाइएको छ । किसमिस प्रतिकेजी ४ सय ५० बाट १ सयले बढेर ५ सय ५० मा कारोबार भैरहेको छ । गत वर्ष ४ सय ५० मा किनबेच भएको नरिवल किलोको ५ सयसम्म पुगेको छ ।

खुद्रा व्यापार संघले चाडबाडको बेला सिजनल व्यापार बढी हुने र यस्तो बेला ठूला व्यापारीले नै महंगी बढाएर नाफाको मौका छोप्ने गरेको आरोप लगाएको छ । यता, खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्य बजारको अनियन्त्रित मुल्यबृद्धी रोक्न प्रभावकारी अनुगमन हुनुपर्ने बताउँछन् । तिहारमा बढी खपत हुने मिठाई, फूल मालाको मूल्य आकासिएपछि उपभोक्ताहरु मारमा परेका छन् ।

बजारमा मूल्यवृद्धि, गुणस्तर लगायत कायम राख्न अनुगमन गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नै यति नै बेला कार्यकारी नेतृत्व अभाव झेलिरहेको छ । वाणिज्यको मौसमी अनुगमन मात्रैले बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण सम्भव छैन । यसका लागि उपभोक्ता सचेत बन्नुका साथै सरकारको नियमनकारी संयन्त्र चुस्त हुन आवश्यक छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्