Techie IT
Mission Khabar

ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा चारजनाको मृत्यु


काठमाडौं । ललितपुरको मंगलबजारमा खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा चारजनाको ज्यान गएको छ । शुक्रबार साँझ म्हः पूजाको तयारी भइरहेका बेला ललितपुर महानगर–१२ मंगलबजारस्थित साँघुरो गल्ली चक्रबहिलमा रहेको घरको तेस्रो तलमा ग्यास सिलिन्डर बिस्फोट भइ आगलागी भएको प्रहरीले जानकारी दिएको हो ।

ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यले घटनास्थलबाट चारजनाको शव निकालिएको र घाइते भएका दुईजनालाई उपचारका लागि पाटन अस्पताल लगिएको जानकारी दिइन् । घटनामा म्हः पूजाका लागि आएका पाहुना पनि परेको हुन सक्ने प्रारम्भिक आँकलन गरिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ६५ वर्षका लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रत्ना ताम्राकार र नाती रहेका छन् । खाना पकाइरहेका बेला घटना भएको प्रहरीले प्ररम्भिक अनुसन्धानबाट जानकारी दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्