Techie IT
Mission Khabar

कोरियामा कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव, मंसिरबाट ईपीएस खुल्दै


काठमाडौं । कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि नियमित हुने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने जानकारी दिएको हो ।

कोरियाको श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम हप्ता सुरु हुनेछ । ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेका छन् । कोरोना महामारी सुरु भएसँगै सम्पूर्ण प्रक्रिया रोकिएको थियो । विदेशी कामदार नजाँदा त्यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव हुन थालेपछि कोरिया ईपीएसको प्रक्रियालाई सुचारु गर्न तम्सिएको हो ।

कोरियामा ८० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो खोप र ७५.५ प्रतिशतले खोपको पुरै मात्रा लगाइएसँगै कोरोना रोकथामका लागि बनाइएको प्रतिबन्धलाई खुकुलो बनाउन थालिएको बताइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्