Techie IT
Mission Khabar

स्थानीय तहसँगै प्रदेश २ मा चरम भ्रष्टाचार, यसरी काम गर्दैछ अख्तियार


काठमाडौं । जताततै आर्थिक अनियमितता र भ्रष्टाचार बढिरहेको छ भन्दै आम जनताको गुनासो बढिरहेको छ । नागरिकले उठाएको प्रश्न सहि थियो भन्ने जवाफ सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गरेर दिएको छ ।

स्थानीय तहमा पछिल्लो समय भ्रष्टाचारजन्य कार्य भइरहेको उजुरी बढेको जानकारी दिएको अख्तियारले तथ्य र प्रमाणका आधारमा कारबाहीको प्रयास जारी राखेको जनाएको छ । कोभिड–१९ महामारीका कारण अख्तियारको निगरानीमा केही सिथिलता देखिएपनि सेवाग्राहीको सूचनाका आधारमा सबै कारबाही अगाडि बढिरहेको पाइएको छ । अख्तियारले अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव चार प्रतिशत उजुरी फर्छाैट गरेकोमा आर्थिक वर्ष २०७७\०७८ मा यो संख्या ६४ दशमलव दुई तीन प्रतिशतमा झरेको जनाएको छ । कोरोनका कारण स्थलगत छानबिनमा जान नसक्नुलाई अख्तियारले आफ्नो बाधक मानेको छ ।

सेवाग्राहीबाट कोही कसैले घुस लिन लागेको वा घुस लिएको उजुरी आएमा तत्काल कारबाही गर्ने अख्तियारले प्रतिबद्धता जनाएको छ । अख्तियारले आर्थिक वर्ष २०७७\०७८ मा १४ हजार ४ सय २५ थप उजुरी दर्ता भएको जनाएको छ । भ्रष्टाचारजन्य उजुरीका आधारमा प्रदेश नम्बर २ मा सबैभन्दा धेरै २४ दशमलव पाँच छ प्रतिशत उजुरी परेको छ । यसैगरी बागमती प्रदेशमा २२ दशमलव पाँच नौ प्रतिशत, लुम्बिनीमा १३ दशमलव सात दुई प्रतिशत, प्रदेश नम्बर १ मा १२ दशमलव पाँच चार प्रतिशत, सुदूरपश्चिममा ११ दशमलव चार पाँच प्रतिशत, कर्णालीमा ७ दशमलव नौ आठ प्रतिशत उजुरी परेका छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा ७ दशमलव एक छ प्रतिशत भ्रष्टाचारजन्य उजुरी परेको अख्तियारले जनाएको छ । एक वर्षे अवधिमा अख्तियारले १ सय १४ जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको र अनुसन्धानका क्रममा ६ करोड ३८ लाख ९० हजार रुपैयाँ असुल उपर गरेको जनाएको छ ।

कतिपय मुद्धाहरु भने समयमै किनारा नलाग्दा, वर्षौसम्म झुलाएर राखिदा अख्तियारमाथी प्रश्न उठ्ने गरेको छ । कतिपय फैशलामा बिशेष अदालतका न्यायाधीशको विबेक पुग्न नसकेका कारण अध्ययन अनुसन्धानपछि दायर मुद्धाको फैशला आफूहरुको पक्षमा आउन नसकेको गुनासो अख्तियारले समेत गर्ने गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्