Techie IT
Mission Khabar

क्रिस्टल बचत तथा ऋण सहकारीको १२ औं साधारणसभा सम्पन्न (फोटो फिचर)


ललितपुर, ललितपुर महागरपालिका वडा नम्बर २७ मा रहेको क्रिस्टल बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो  १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको  छ ।

सहकारीले आ.व.०७७\०७८ को प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष ०७८\०७९ नीति, कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन रणनीतिसहित साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा प्रमुख अतिथि रहेका चतुर्भुजेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष अरुण मर्हजनले नीति र विधिलाई आत्मसात गर्दै सदस्यहरू मैत्री सेवा प्रवाहसँगै साकोस अभियानको महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् ।

सहकारीको साधारण सभामा उपस्थित सहकारीकर्मी विक्रम महर्जन र सागर महर्जनलेसहकारीको मर्म र भावना अनुसार बिवादरहित रुपमा अघि बढ्न शुभकामना दिएका थिए ।

साधारण सभा सम्पन्न गरेको सहकारीले सेयर सदस्य बढाउने, उनीहरुलाई सहुलियत ऋण मार्फत आवश्यकता टार्न सहयोग गर्नेदेखी संस्थाको बृद्धि विकासमा विशेष ध्यान दिने संकल्प समेत गरेको छ ।

 

 


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्