Techie IT
Mission Khabar

नेविसंघमा शक्तिशाली देखिएका पूर्वकेन्द्रिय सदस्य महर्जन महाधिवेशन प्रतिनिधिमा विजयी


काठमाडौं । नेविसंघका पूर्वकेन्द्रिय सदस्य प्रकाश महर्जन नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। काठमाडौँ क्षेत्र नं ५ बाट महर्जन १४७ मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।

नेविसंघका वर्तमान र पूर्वपदाधिकारीहरु महाधिवेशन प्रतिनिधि नै पराजित भइरहेको अवस्थामा रञ्जित कर्ण नेतृत्वको नेविसंघमा शक्तिशाली बनेका केन्द्रिय सदस्य महर्जन यसअघि १२ औं महाधिवेशनमा नै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। महर्जनलाई अबको प्रदेश निर्वाचनमा सम्भावित उम्मेदवारको रुपमा समेत हेरिएको छ ।

विद्यार्थी राजनीतिमा पनि उत्तिकै प्रभाव रहेका महर्जन विस्तार हुन बाँकी नेविसंघको कार्यसमितिमा उपाध्यक्षका आकांक्षी समेत छन् । महर्जनले शंकरदेव क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए। उनि दुई पटकसम्म क्याम्पस इकाईको अध्यक्ष र स्ववियु सचिव भएका थिए।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्