Techie IT
Mission Khabar

गोदावरीका लोकप्रिय मेयर महर्जन बन्लान त ललितपुर कांग्रेसका जिल्ला उप–सभापति ? यस्तो बन्यो समिकरण


ललितपुर, नेपाली कांग्रेसको १४ औँं महाधिवेशनको सरगर्मी देसभर चलिरहेको छ । यहि क्रममा नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन पनि शुक्रबारबाट सुरु भएको छ । जावलाखेल स्थित स्टाफ कलेजमा नेपाली कांग्रेसका सहमहान्त्री प्रकाशसरण महतले उदघाटन गरेको जिल्ला अधिवेशनका क्रममा आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम सम्पन्न हुँदैछ ।

यो महाधिवेशनका क्रममा ललितपुर क्षेत्र नम्बर ३ का केन्द्रीय महाधिवेशन प्रतिनिधि गजेन्द्र महर्जन पनि जिल्ला महाधिवेशनमा रामकृष्ण चित्रकारको प्यानल बाट जिल्ला उप–सभापतिका दाबेदार बनेका छन् । उपसभापतिमा उम्मेदवारी दिएका महर्जनले गएको स्थानीय तह चुनावमा गोदावरी नगरपालिकाको नगर प्रमुखको चुनाव चितेका थिए । उनै महर्जनको नेतृत्वमा गोदावरी नगरपालिकाले पूर्वाधार विकास र नगरवासीलाई सहज सेवा प्रवाह गर्न भुमिका खेलिरहेको छ । जुनकुनै नेतृत्वलाई पनि कुशलताका साथ पुरा गर्न सक्ने महर्जन संगठन सुदृढीकरण,आफ्ना कार्यकर्ताहरुलाई मिलाएर अघि बढाउनसक्ने खुबीका कारण समेत चर्चामा छन् ।

ललितपुरमा रुचाइएका युवा नेताको रुपमा महर्जनले आफनो परिचय स्थापित गरेका छन् । निर्वाचन भोली गर्ने कार्यतालिका बनाइएको जिल्ला अधिबेशनमा रामकृष्ण चित्रकारले छुट्टै प्यानल बनाएका छन् भने जितेन्द्र कुमार श्रेष्ठ र मीनकृष्ण महर्जनले संयुक्त प्यानल बनाएर मैदानमा होमिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्