Techie IT
Mission Khabar

एकिकृत समाजवादीले निलकण्ठ नगरपालिकामा गठन गर्यो वडा कमिटि, युवा संघ अध्यक्षमा इटनी


धादिङ । नेकपा एकिकृत समाजवादीले पछिल्लो समय देशैभर वडा तथा जिल्लाहरुमा भेला गर्ने र कमिटि गठनलाई तिव्रता दिएको छ । संगठन विस्तारलाई निरन्तरता दिने क्रममा शनिबार नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले धादिङको निलकण्ठ नगरपालिका वडा न. १० को वडा स्तरिय कमिटि गठन गरेको छ ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवंम संविधान सभा सदस्य गुरुप्रसाद बुरर्लाकोटीको प्रमुख आतिथ्यतामा पहिलो वडा भेला सम्पन्न भएको नेकपा एस निकट धादीङ्ग काठमाडौं सम्पर्क मञ्चका सदस्य शंकर जंग इटनीले जानकारी दिए । भेलाबाट टिकानिधी कडरिया वडा कमिटि अध्यक्ष चयन भएका छन् । कोषाध्यक्षमा टुकराज कारखेती र सचिवमा मछिन्द्र पाठक चयन भएका छन् ।

११ सदस्यीय वडा कमिटि गठन गरेको भेलाले शंकर जङ्ग इटनीको अध्यक्षतामा ३ सदस्यीय युवा संघ समेत गठन गरेको छ । युवा संघ सदस्यमा मछिन्द्र पाठक र सुमन पाठक चयन भएका छन् । भेलामा विभिन्न पार्टी परित्याग गरी थुप्रै युवाहरु नेकपा एकिकृत समाजवादी प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा समाजवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्