Techie IT
Mission Khabar

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु,२८ जना घाइते (यात्रुको नामावलीसहित)


काठमाडौं । जाजरकोटमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर २८ जना घाइते भएका छन्।

जाजरकोटका डिएसपी मधुकुमार थापाले आइतबार बिहान साढे २ बजेतिर भेरी नगरपालिका–१३ बराचउरमा बस पल्टिएर दुर्घटना भएको जानकारी दिनुभयो । नेपालगञ्जबाट जाजरकोटको कालिमाटी जाँदै गरेको ना६ख २७५७ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेमध्ये शेरबहादुर परियार, विद्या शाही (वर्ष चार, रुकुम पश्चिम) र सप्तरीका गंगाराम यादव (शिक्षक) को पहिचान खुलेको प्रहरीले जानकारि दिएको छ। अरु दुईजनाको पहिचान हुन बाँकी रहेको डिएसपी थापाले जानकारी दिनुभयो । घाइतेहरुको खलंगा अस्पतालमा उपचार भइरहेको छ।

ना६ख २७५७ नम्बरको बसमा सवार यात्रुको नामावली :

 

 


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्