Techie IT
Mission Khabar

प्रेस सेन्टर ललितपुरमा कार्की र काठमाडौंमा बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन


काठमाडौं । प्रेस सेन्टर नेपाल, ललितपुरले चौथो जिल्ला अधिवेशनमार्फत रामहरि कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ।

कार्यसमितिको उपाध्यक्षमा गोपाल आलेमगर र केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिवमा अनिल पन्त, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत भएका छन् । सदस्यहरु सक्षम अधिकारी, पवन पन्तहितको ११ सदस्यीय कार्यसमिति गठन भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

यस्तै, प्रेस सेन्टर नेपाल, काठमाडौंले पनि मंगलबार नै गोकर्ण बरालको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला र वुद्ध योन्जन, कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत चुनिएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्