Techie IT
Mission Khabar

अध्यक्ष ओलीको चाहाना पुरा गर्दै सकियो एमाले महाधिवेशन, कसरी अघि बढाउलान त पार्टी ?


काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आकांक्षा अनुसारको टिमलाई पार्टी नेतृत्वमा स्थापित गर्दै एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । नवनिर्वाचित टिमको पहिलो केन्द्रीय कमिटि बैठक मार्फत अध्यक्ष ओलीले महाधिवेश प्रतिनिधि सुभेच्छुक, सहयोगी सबैलाई धन्यवाद दिदै औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् ।

एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ । सर्वसहमतिको महाधिवेशन बनाउने ओलीले चाहानामा बाधक बन्दै अध्यक्षमा उम्मेदवारि दिएका डा, भीम रावल, उपाध्यक्षमा उम्मेदवारी दिएको घनश्याम भुषाल, सचिवमा प्रतिस्पर्धा गरेका भीमप्रासद आचार्य र टंक कार्की पराजित भए । अन्य असन्तुष्ट नेताहरु समेत पराजित भएर अध्यक्ष ओलीले सर्वसहमतिका नाममा रोजेकै टिम विजयी भएको छ । एकलौँटी रुपमा अघि बढ्ने, पार्टी पद्धती भन्दा व्यक्तिवादी चाहाना भावना अनुसार चल्ने परिपाटि हाबी भैरहेको एमालेमा हारेर भएपनि केही नेताहरुले लोकतान्त्रिक पद्धती बचाउन भुमिका खेलेको भन्दै प्रशंसा समेत भैरहेको छ ।

एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको थियो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि सहमतिका नाममा निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो । महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो । एमालेका पूर्व महासचिव मदन भण्डारी र नेता जिवराज आश्रित दुर्घटनामा परेको दास ढुंगाबाट करिब १५ किलोमिटरको दूरीमा भएको महाधिबेशनलाई अर्को मदन अवतारका रुपमा ओलीलाई स्थापित गर्न खोजिएको अर्थमा समेत लिने गरिएको छ ।

अध्यक्ष ओली र टिम यस्तो छ :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्