Techie IT
Mission Khabar

चर्तुभुजेश्वर सहकारीले सम्पन्न गर्यो बजार ब्यवस्थापन तालिम (फोटो डायरी)


ललितपुर । ललितपुर महागरपालिका वडा नम्बर १५ मा रहेको चर्तुभुजेश्वर बचत तथा ऋण सहकारी संस्था लि. ले आफना कर्मचारीहरु लाई दुईदिने बजार ब्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ ।

बागमती प्रदेश सहकारी सघंका वरिष्ठ उपाध्यक्ष जगत लाल महर्जनले गोदावरी स्थित भ्यु भृकुटी होटलमा उदघाटन गरेको तालिमबाट कर्मचारिले वजार ब्यवस्थापन बारेको शिक्षा प्राप्त गरेका थिए । तालिममा सहभागि भएका सहकारीका कर्मचारीहरुलाई हाम्रो सोलुसनका म्यानेजिङ डाईरेक्टर तेज बजगाईले सहकारी, वचतकर्ता र बजार सम्बन्धी अनुभव र ज्ञान बाँढेका थिए ।

संस्थाका अध्यक्ष अरुण महर्जनले कर्मचारीहरुलाई थप जिम्मेवार र बजार सम्बन्धी तालिम प्रदान गर्दा भोलीका दिनमा सहकारी र बजार विच राम्रो सम्बन्ध स्थापित बनाउने उदेश्य सहित तालिम प्रदान गरिएको बताए । उक्त तालिममा सहकारीका एक दर्जन भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्