Techie IT
Mission Khabar

देशभर चिसो बढेपनि मौसमी प्रणालीमा खासै प्रभाव देखिएन, केहि स्थानमा हिमपातको सम्भावना


काठमाडौं । देशभर चिसो बढेपनि मौसमी प्रणालीमा खासै ठूलो प्रभाव देखिएको छै । तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको संभावना आँकलन गरेको छ । प्रदेश १ र बागमतीका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

राति प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । प्रदेश १ र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्