Techie IT
Mission Khabar

सझा नेतृत्वमा कुरा नमिल्दा रिसाए पौडेल, भने “राजनीतिबाटै सन्सास लिन्छु”


काठमाडौं । १४ औँ महाधिबेशनमा होमिएको नेपाली कांग्रेसमा नेतृत्वका आकांक्षीहरुको व्यवस्थापनका लागि कसरत भैरहेका छन् । सभापति शेरबहादुर देउवा पक्षसँगै संस्थापन इतर पक्ष लगातार तीन दिनदेखि साझा उम्मेदवार तय गर्ने बैठकमा जुटेको छ ।

मंगलबार महामन्त्री डाक्टर शशांक कोइराला सभापतिको दाबेदारबाट पछि हटे । तर रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहका बीचमा सहमति जुट्न सकेको छैन । सभापति शेरबहादुर देउवा बिरुद्ध एकल उमेद्वार बनाउने योजना सफल नहुने देखिएपछि बुधबारको बैठकमा पौडेल रिसाए । संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मदेवार बन्ने दाबी नछाडेपछि आक्रोशित हुँदै पौडेलले बैठकमा भने, ‘तपाईहरु कि आपसमा मिल्नोस्, कि मेरो नेतृत्व स्वीकार्न तयार हुनुहोस् । आफूहरु पनि नमिल्ने र अरुको नेतृत्व पनि नस्वीकार्ने हो भने मलाई राजनीतिबाटै सन्सास लिन दिनोस् ।’

नेता सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा सिंह र पौडेलसहित शेखर कोइराला र शशांक कोइरालालगायतको सहभागिता थियो । बैठकमा प्रकाशमानले कुनै पनि हालतमा आफूले सभापतिको दावी नछाड्ने बरु एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएपछि पौडेल आक्रोशित बनेको नेताहरुले बताएका छन् । सिंहले आफू सभापतिको उम्मदवारीबाट ब्याक नहुने अड्डी लिइरहेका छन् । अन्य तीन आकांक्षीहरु रामचन्द्र पौडेल, सशांक कोइराला र शेखर कोइराला मिलेर जानुपर्ने पक्षमा सहमति नजिक छन् । सिंहको अडानपछि संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय हुने संभावना टरेको छ ।

बिहिबार अर्को बैठक बसेर निस्कर्ष निकाल्ने निर्णय गरेर नेताहरु बैठकबाट उठेको नेता गुरुराज घिमिरेले बताएका छन् । यता, सभापति देउवा पक्षमा समेत नेतृत्वका लागि उपसभापति बिमलेन्द्र निधीको उम्मेदवारी निश्चित जस्तै बनेको छ । पदाधिकारिका आकांक्षीको व्यवस्थापन समेत देउवाका लागि समस्या बन्दैआएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्