Techie IT
Mission Khabar

अमेरिकाको केन्टकीमा भयानक तुफान, सयौँ मारिएको आशंका


एजेन्सी,वासिङ्टन । अमेरिकाको केन्टकी राज्यमा आएको भयानक तुफानमा परेर कम्तिमा ५० मारिएको आशंका गरिएको छ । राज्यका गभर्नर एण्डी बेसियरले केन्टकीको इतिहासमै सबैभन्दा भयानक तुफान आएको बताएका छन् ।

तुफानका कारण मृत्यु हुनेहरुको संख्या १०० सम्म पुग्नसक्ने स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तुफानका कारण अमेजनको वयेरहाउसमा क्षति भएको र त्यहाँ १०० जना श्रमिक फसेको बताइएको छ । गभर्नर बेसियरले यहाँ फसेका मध्ये १२ जनाको मृत्यु हुन सक्ने बताएका छन् ।

प्रशासनिक अधिकारीहरुले तुफानका कारण भएको क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको बताएका छन् । पछिल्ला दिनहरुमा भयानक तुफानका घटनाहरु बढिरहेकाले जोखिम थप बढ्ने आँकलन गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्