Techie IT
Mission Khabar

काठमाडौंको न्यूनतम तापक्रम वर्षकै कम, देशभर बढ्यो चिसो


काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम क्रमिक रुपमा घटेसँगै चिसो बढ्न थालेको छ । आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम (न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस) मापन गरिएको हो ।

मौसमविद् मन्जु बासीले शनिबार न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको जानकारी दिइन् । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्गन थालेको छ । रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्ने गरेको छ ।

देशभर चिसिदै मौसम
देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । बिहान लागेको हुस्सु, कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने भएपनि करिब एक महिनासम्म दैनिक मौसम चिसिदै जाने मौसमविद् मन्जु बासीले जानकारी दिइन् । देशका तराई क्षेत्रमा बिहान बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ । अब पहाडी जिल्लामा पनि हुस्सु बढ्दै जाने मौसमविद्बाहरुले जानकारी दिएका छन् । आज काठमाडौंसहित देशका धेरै ठाउँको मौसममा आंशिक बद्ली देखिएको छ ।

यस्तै, सोमबार पश्चिमी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारि दिएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने आँकलन गरिएको छ । योसँगै देशभरको मौसम थप चिसिदै जाने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तो छ चिकित्सकको सुझाब
मौसम चिसिदा स्वास्थ्यमा विभिन्न जोखिम देखापर्नसक्ने भन्दै मौसमविद् एवंम चिकित्सकहरुले सावधानी अपनाउन सुझाब दिएका छन् । चिकित्सकहरुले शरिरको तापक्रम ब्यालेन्स गर्न न्यायो कपडा लगान, झोलिलो, मनतातो खानेकुरा खान सबैलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्