Techie IT
Mission Khabar

गैह्र आवासिय नेपालीलाई खुसीको खबर, अब नेपाली बैंकमा विदेशी मुद्राको बचत खाता !


काठमाडौं । गैह्र आवासिय नेपालीहरु र संघ संस्थाले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्नेगरि मुद्धती खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् ।

परराष्ट्र मन्त्रालयको नीति योजना विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै यस्तो निर्णयबारे जानकारी गराएको हो । परराष्ट्रको निर्णयलाई अर्थमन्त्रालय र राष्ट्र बैंकले अनुमोदन गरेसँगै अब गैह्र आवासीय नेपाली र नेपालीबाट प्रवद्धित संस्थाले नेपाली बैंकमा सिधै अष्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, जापानीज यन, चिनियाँ युआन मुद्धती बचत खाता खोल्न पाउने छन् ।

न्युनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको बचत जम्मा गर्ने एवंम सो बराबरको बचत बिदेशी मुद्रामै लैजान पाउने जनाइएको छ । पराराष्ट्र निर्णय अनुसार राष्ट्र बैंकले समेत यो व्यवस्था बारे विदेशस्थित कुटनीतिक नियोग र एनआरएनएलाई जानकारी गराईसकेको जानकारि दिइएको छ ।

यस्तो छ परराष्ट्रको पत्राचार :


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्