Techie IT
Mission Khabar

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, चिसियो देशभरको मौसम


काठमाडौं । देशभरको मौसम थप चिसिएको छ । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ । जुम्लाको तापक्रम सबैभन्दा कम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेका कारण चिसो थप बढ्दो क्रममा देखिएको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । मंगलबार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ । बुधबार भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । बिहीबार पनि प्रदेश नं १ तथा प्रदेश २ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

चिसोबाट बच्न सावधानी र सुझाब
देशभर चिसो बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविद्हरुले सबैलाई आग्रह गरेका छन् । चिसोमा न्यायो कपडा लगाउन, न्यायो भएर सुत्न बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । झेलिलो खानेकुरा खाने, चिसो भन्दा मनतातो खानेकुरा खान चिकित्सकले सुझाब दिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्