Techie IT
Mission Khabar

पाण्डे नेतृत्वको बागमती प्रदेश सरकार बन्यो १२ सदस्यीय, थपिए ५ मन्त्री र एक राज्यमन्त्री


सुरज बस्नेत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारमा पाँचजना मन्त्रीसहित एक राज्यमन्त्री थपेका छन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट आज साँझ तीनजना मन्त्री थप गरिएको हो ।

खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रीमा एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, श्रम रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका घनश्याम दाहाल, कृषि तथा पशुपंक्षी मन्त्रीमा समाजवादीकै बसुन्धरा हुमागाईं, वन तथा वातावरणमन्त्रीमा माओवादी केन्द्रका विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल नियुक्त भएका छन् । यस्तै, कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा एकीकृत समाजवादीका इन्द्रमाया गुरुङले नियुक्ति पाएकी छन् ।

योसँगै वागमती प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ११ र राज्यमन्त्रीको संख्या १ पुगेको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले साँझ ५ बजेपछि पद तथा गोपनियताको सपथ लिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्