Techie IT
Mission Khabar

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए आइतबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बैठकमा छलफल हुने विषय प्रष्ट रुपमा खुलाइएको छैन ।

बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसदको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन ।

यस्तै संसदमा दर्ता भएको एमसीसी सम्झौताबारेमा छलफल हुन सकेको छैन । एमसीसी सम्झौताका बारेमा विवाद छ । संसदको अवरोध र एमसीसीमा कसरी दलहरुबीच साझा सहमति खोज्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्