Techie IT
Mission Khabar

दोलखामा जातीय विभेद र महिला हिंसा विरुद्धको तीन दिने सचेतनामुलक कार्यक्रम हुने


दोलखा । प्रदेश युवा परिषद बाग्मती प्रदेशले दोलखा जिल्लामा चेलीबेटी बेचबिखन, महिला हिंसा, जातीय तथा लैङ्गिक विभेद,सुसासन सम्बन्धी ३ दिने सचेतनामुलक कार्यक्रम आयोजना गर्ने भएको छ । प्रदेश युवा परिषद् बागमती प्रदेशले आर्थिक वर्ष ०७८\७९ को स्विकृत कार्यक्रम अन्तर्गत दोलखा जिल्लामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दोलखा जिल्लामा रहेका युवा र लक्षित वर्गको उपस्थितिमा हुने सचेतनामुलक कार्यक्रममा महिला अधिकारकर्मी, हिंसा रोक्न क्रियाशिल व्यक्तिहरुबाट प्रशिक्षण समेत दिइने बताइएको छ । यो सचेतनामुलक कार्यक्रमले जिल्लामा जातीय विभेद र हिंसा रोक्न भुमिका खेल्न विश्वास गरिएको छ । दोलखा जिल्लाका २ नगरपालिका र ७ गाउपालिका भित्रका युवा युवतीलाई अभियानले समेट्ने लक्ष्य लिएको छ ।

दोलखामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम संयोजक एवंम प्रदेश सदस्य श्याम सुन्दर शिवाकोटी तीन दिने सचेतनामुलक कार्यक्रम बारे जानकारि दिएका हुन् । शिवाकोटीले विगत १० वर्षदेखि जिल्लामा सामाजिक सचेतना र खेलकुदको विकासमा योगदान दिदै आएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्