Techie IT
Mission Khabar

एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा : अर्जुन योगी


तामाकोसी–४, दोलखा । नेकपामा पार्टीका बिशेष कमिटी सदस्य अर्जुन योगीले एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी तामाकोशी गाउंपालिका वडा नं. ४ को वडा भेलालाई सम्बोधन गर्दै योगीले अब चांडै नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बैज्ञानिक समाजवादको स्थापना हुने बताएका हुन ।

माओवादी केन्द्रबाट समाहित हुने नेता, कार्यकर्ता एवम निर्वाचित वडा कमिटीलाई बधाई दिदै प्रतिगामी तत्वहरु, प्रतिक्रान्तिकारी तत्वहरुका विरुद्धमा निर्ममतापुर्वक लड्नका निमित्त अपिल गरेका थिए । तामाकोशी गाउंपालिका वडा नं. ४ को वडा भेलाले दिपक केसी (सेक्रेटरी) को नेतृत्वमा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । सदस्यहरुमा गोरे आछामी, कुमार भुजेल, दिपक खड्का, कुमार मुग्राती, मनोज भुजेल, लाल प्रसाद पान्डे, टोपेन्द्र नाथ योगी, गोपाल मुग्राती, होमकुमार श्रेष्ठ, गोमा केसी, रामबहादुर मिजार, बिष्णुबहादुर मिजार, कृष्ण बहादुर खड्का, पोक्चाबहादुर मिजार, पदमबहादुर खत्री, पहलमान मिजार निर्वाचित भएका छन ।

भेलाको अवसरमा माओवादी केन्द्रका ६ जना नेता, कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए । कार्यक्रममा राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम पार्टीका दोलखा जिल्ला सदस्य सिताराम उप्रेती, पार्टीका जिल्ला समिती सदस्य राजकुमार लामिछान लगायतले आफ्नो धारणा राखेका थिए ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्