Techie IT
Mission Khabar

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री खडकालाई दोलखामा भव्य स्वागत, गरे यस्ता प्रतिवद्धता


सुरज बस्नेत, दोलखा । बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री विशाल खडकालाई गृह जिल्ला दोलखामा भव्य स्वागत गरिएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति दोलखाको आयोजनामा भएको बधाई, शुभकामना तथा पत्रकार सम्मेलनका क्रममा नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन ।

प्रेस सेन्टर दोलखाद्वारा आयोजित बधाई, शुभकामना र पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले आफू दोलखाबाट मन्त्री हुनेको लिस्टमा ८ औ नम्बरमा रहेको र आफ्नो कार्यकालमा जनअपेक्षा विपरीतका कुनै कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दोलखाको लाईफ लाईन सडकको रुपमा रहेको मुडे चरिकोट सडक जसरी पनि बन्नु पर्ने र यस विषयमा विभागले एक दुई दिनमा टुंगोमा पुर्याई परिणाममा काम गर्ने जानकारी समेत मन्त्री खड्काले दिए ।

आफु मन्त्री हुँदा दोलखाको मतको सम्मान भएको र मतको कदर हुने खालको कार्य गर्ने बताएका खड्काले आफू नेकपा माओवादीको मात्रै नभै सबै जनताको मन्त्री भएको बताए । तत्कालीन गठबन्धन र वर्तमान गठबन्धन सबै दलको भएको स्पष्ट पारेका मन्त्री खड्काले दोलखा र बागमती प्रदेशले आफूप्रती गरेको सम्मान र विश्वासलाई अन्तरघात नगर्ने प्रतिबद्धता जनाए ।

हेटौंडालाई राजधानी कायम गर्दा तत्कालीन मुख्य मन्त्री डोरमणी पौडेलसँग जिल्ला स्थित सबै कार्यालय फिर्ता गर्ने समझदारी भए पनि सहमति कार्यन्वयनमा धोका दिइएको आरोप मन्त्री खड्काले लगाए । मुडे–मेलुङ सडक, उत्तर दक्षिण जोड्ने करिडोर सडक लगायत विभिन्न सडक, लाकुरी डाँडा स्थित डाङडुङे फिल्म सिटि जिरी ताल आफ्नो प्राथमिकता मा रहेको र आफ्नो मन्त्रालय अन्तरगत वन वातावरण पर्यावरणसँग जोडेर दोलखा लगायत बागमती प्रदेशलाई पर्यटनको हव बनाउन पहल थाल्ने मन्त्री खड्काले प्रतिबद्धता गरेका छन् ।

शुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्दै नेकपा माओवादी केन्द्र दोलखा जिल्ला पार्टीका संयोजक कुल बहादुर बुढाथोकीले सहिदको बलिदान, घाईते अपांग, वेपत्ताको चाहानासँगै जनताको अभिमतलाई नभुल्न र पार्टी विधि, पद्धतिमा रही थोरै बोलेर धेरै जिम्मेवारी पुरागर्न सुझाव दिए ।

नेकपा माओवादी केन्द्र केन्द्रिय कार्यालय प्रचार बिभागका सद्स्य लक्ष्मण खडका, नेपाल प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के, पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा र पत्रकार महासंघ दोलखा जिल्ला शाखा उपाध्यक्ष शृजन कुमार घिमिरेले दोलखाली जनताको मतको कदर भएको भन्दै कार्यकाल सफलताको शुभकामना दिए । जन अपेक्षा र जिल्लाको सरोकार राख्ने विषयमा काम गर्न , दोलखाको लाइफ लाईन मानिएको मुडे–चरिकोट सडक, दिनदिनै अतिक्रमणमा परेको कालिन्चोक कुरी सडक र गौरीसंकर संरक्षण क्षेत्र लगायत दोलखाली जनताको जनजिविका सँग सम्बन्धित विषयमा उनीहरुले ध्यानाकर्षण गराएका थिए ।

आजै मन्त्री खड्कालाई सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा दोलखा, जिल्ला फुटबल संघ र आनन्ददायिक बहुउद्देश्यीय सहकारी संस्था लि. कालिन्चोकले समेत सम्मान गरेको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्