Techie IT
Mission Khabar

अनुमति लिए नलिएको हेरेर इन्टरनेट शुल्क तिर्न दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण


काठमाडौं । कतिपय इन्टरनेट सेवा प्रदायकले सेवाको शुल्क तथा महशुलदर स्वीकृत नगराइ लागू गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले ध्यानाकर्षण गराएको छ । प्राधिकरणले अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने सेवा शुल्क र महशुलदर सर्तअनुसार अनिवार्य प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्ने भन्दै सचेत गराएको हो ।

सेवा शुल्क र महशुलदर स्वीकृत भएको मिति समेत उल्लेख गरी लागू गर्नुपर्नेतर्फ सचेत गराएको प्राधिकरणले सूचना निकालेर कतिपय इन्टरनेट सेवा प्रदायकले प्राधिकरणबाट सेवाको शुल्क र महशुलदर स्वीकृत नगराइ विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको बारे ध्यानाकर्षण भएको जनाएको छ । उपभोक्ताहरुलाई समेत प्राधिकरणले आफूले प्रयोग गरेको सेवाको महशुलदर प्राधिकरणबाट स्वीकृत भए÷नभएको बुझेर मात्रै भुक्तानी गर्न अनुरोध गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्