Techie IT
Mission Khabar

माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी, अरु को को ?


काठमाडौं । माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । वाग्मती प्रदेशको नेतृत्व चयन गर्न सोमबार भएको मतदानमार्फत प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गरेर पौडेलले बागमती प्रदेशको नेतृत्व हात पारेका हुन ।

दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गरेका छन् । वाग्मती प्रदेशको उपाध्यक्षमा १७८ मतसहित रुपा मर्हजन, १०१ मतसहित रामप्रसाद ढुङ्गाना र १३८ मतसहित प्रेम बहादुर पुलामी (छिन्तु)विजयी भए । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ १४९ मतसहित विजयी भएका छन् । यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटीले ११५, माधवप्रसाद लामिछानेले १०९, र प्रकाश श्रेष्ठले १०८ मत ल्याएर विजयी हुँदा कोषाध्यक्षमा १५३ मतसहित सङ्गीता भट्टराई विजयी भइन् ।

माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन मार्फत नयाँ नेतृत्व चयन गर्दैछ । अहिले स्थानीय तह, जिल्ला र प्रदेश नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्