Techie IT
Mission Khabar

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी


विराटनगर, काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गरेका नेम्वाङले १६९ मत पाएका थिए । मेन्याङ्बोले ६४ मत मात्रै पाए ।

तीनजना उपाध्यक्षमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी भए भने एक जना सचिवमा गणेश उप्रेती (सुशील) १४८ मत सहित विजयी भए । सचिवका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रै पाए । ३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी भएका छन् । कोषाध्यक्षमा ९३ मत ल्याएका रेवतराज पुरी (गगन) विजयी भए । ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरे भने मतदानमा १९ जना अनुपस्थित भएका थिए ।

माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य मात्रै घोषणा गरेर बुधबार बेलुका निर्वाचन भएको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्