Techie IT
Mission Khabar

विश्वभर विभिन्न कार्यक्रमसहित क्रिसमस डे मनाइयो, काठमाडौंमा समेत देखियो रौँनक


काठमाडौं । इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव अष्ट्रेलिया, अमेरिका, नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँएको छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस डे पर्व मनाउने गरिन्छ ।

क्रिसमसका अवसरमा आज विश्वभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँएको छ । क्रिसमसका अवशरमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ । क्रिसमसको आकर्षण सान्ता क्लस हुन् । रातो टोपी लगाएका लामो सेतो दाह्री पालेका वृद्ध सान्ताले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास अनुसार नै क्रिसमसमा यस्तै गतिबिधिहरु देखिएका छन् । काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा क्रिसमसको रौनक देखिएको छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएका छन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशु ख्रीष्टले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । दिवसका अवसरमा कतिपय देशले सार्वजनिक बिदासमेत दिनेगरेका छन् । नेपालमा समेत सार्वजनिक विदा दिइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्