Techie IT
Mission Khabar

यात्रुले छाडेको ७ लाख नगद अटो चालकले प्रहरीको रोहबरमा फिर्ता दिएपछि…!


काठमाडौं, दाङ । दाङका एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद यात्रुलाई फिर्ता गरेका छन् । आफ्नो अटो चढेका यात्रुले छाडेको ७ लाख नगद रकम चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गरेका हुन ।

घोराही उप–महानगरपालिका वडा नम्बर १५ बस्ने राजकुमार बुढा मगरले सोमवार बैंकबाट पैसा निकालेर घर (पनौरा) जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा निलो रङको झोलाभित्र सात लाख रुपैयाँ छोडेका थिए । छुटेको रकम चालकले जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएपछि प्रहरीको रोहोबरमा सम्बन्धित धनीलाई बुझाएको थियो ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्