Techie IT
Mission Khabar

अब मेडिकल कलेज र ५० शैय्याभन्दा बढी क्षमताका निजी अस्पतालबाटै कोरोनाविरुद्धको खोप


काठमाडौं । सरकारले देशभरका सबै मेडिकल कलेज र ५० शैय्याभन्दा बढी क्षमता भएका निजी अस्पताल मार्फत कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोरोनाविरुद्धको खोप लगाउन इच्छुक मेडिकल कलेज र निजी अस्पताललाई सम्पर्कमा आउन आह्वान गरेको हो।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा खोपको उपलब्धताअनुसार उनीहरुले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउन पाउने भनिएको छ । जिल्ला स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा बढी उमेरका मानिसलाई यी अस्पतालले खोप लगाउन पाउने भएका छन् । सरकारले सरकारी अस्पताल तथा केन्द्रहरुमा खोप निशुल्क गरे पनि सेवाग्राहीहरु पर्याप्त नहुँदा खोपको खपत हुन सकेको छैन।

लामो समयसम्म खोपको भण्डारण हुने अवस्था आएपछि खोप अभियानलाई तिब्रता दिन सरकारले यो अभियान अघि बढाउन लागेको बताइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्