Techie IT
Mission Khabar

सीके राउतको हड्ताल रोक्न सिरहामा दुईदिने निषेधाज्ञा


काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजामलाई निरन्तरता दिएसँगै जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ । आजबाट सुरु भएको निषेधाज्ञा बुधबार बेलुका ७ बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालयले जानकारि दिएको हो ।

कार्यालयले निकालेको विज्ञप्तिमा निषेधाज्ञा अवधिभर कुनै भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न तथा बाहिर हिँडडुल गर्न नपाउने भनिएको छ । तर, यो समयमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा गाडी भने चल्न पाउनेछन् । नियमको उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्र तथा चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म र यो मार्गको ५ सय मिटर पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म कर्फ्यु लागू भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्