Techie IT
Mission Khabar

देशभरको मौसम चिसिदै, आज र भोली हिमपातसँगै पानी पर्ने मौसमविद्को आँकलन


काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसम थप चिसिएको छ । पश्चिमी क्षेत्रमा भने पानी पर्न थालेको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुने पौडेलले बताएका छन् । धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिदा उच्च पहाडी र हिमाली जिल्लामा भारी हिमपातको अनुमान गरिएको छ । आज र भोलि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पौडेलले जानकारि दिनुभयो । बिहीवारदेखि भने मौसम खुल्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको छ ।बिहिबार बिहानदेखि पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै जानेछ । सुदूरपश्चिम प्रदेशमा बिहानदेखि नै मौसम खुल्ने सम्भावना रहेको र अरु ठाउँमा बिस्तारै क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन् । बादल लागेसँगै देशभर चिसो बढेको छ ।

यो वर्षापछि चिसो झन् बढ्ने आँकलन गरिएको छ । मौसमविद्ले हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा जाँदा सावधानी अपनाउन सुझाव दिएका छन् । यस्तै उच्च पहाडी र हिमाली भूभागमो हिमपात र तराईका जिल्लाहरुको सितलहरको जाखिम थप बढेको भन्दै मौसमविदहरुले आवश्यक स्वास्थ्य सावधानीमा ध्यान दिन आग्रह गरेका छन् । झोलिलो र पोषिलो खानेकुरा खाएर चिसोबाट बढ्नसक्ने सम्भावित जोखिम रोक्न चिकित्सकहरुले सुझाब दिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्