Techie IT
Mission Khabar

मिस एयरहोस्टेजको ताज १९ वर्षीय प्रिस्किला गुरुङलाई, आशा डंगुरा फस्ट रनरअप


काठमाडौं । गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले मिस एयरहोस्टेज २०२१ तज जितेकी छिन् । सिजन मिडियाद्वारा आयोजना गरिएको मिस एयरहोस्टेज २०२१ पाँचौँ संस्करणको ताज गुरुङले हात पारेकि हुन् । उनले २५ जना प्रतिस्पर्धीलाई पछिपार्दै उपाधी जितिन ।

प्रतियोगी आशा डंगुरा फस्ट रनरअपहुँदा सृजु घिमिरेले सेकेन्ड रनरअप सँगै पपुलर अवार्ड हात पारिन् । विजेता गुरुङले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्कीन हस्पिटलको तर्फबाट रु २० हजारको गिफ्ट भौचर प्राप्त गरेकि छिन् । सिम पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मालामु शेर्पा, मिस फोटोजेनिक मेलिना राजवंशी, मिस बेस्टवाक प्रिया कर्माचार्य र बेस्ट ड्रेसको अवार्ड समीक्षा माझीले हातपार्न सफल भएका छन् ।

उपाधि वितरण कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारी सिर्जना गर्न दबाब पुर्याउने बताएका थिए । नेपालको एकमात्र ध्वजाबाहक एयरलाइन्सलाई विमानखरिद प्रक्रियामा लगेर उत्कृष्ठ बनाउने दाबी मन्त्री आलेले गरेका थिए ।

कार्यक्रममा नेपालमा रहेर नेपाली हवाई उडड्यन क्षेत्रमा विगतलामो समयदेखि योगदान दिने वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका व्यवस्थापक घनश्याम राज आचार्य, गुण एयरका प्रज्वल थापा, बुद्ध एयरका खगेन्द्र बस्नेत, क्याप्टेन विवेक खड्का, पूर्वविमानचारिका रेनु राई, सुवास बस्नेत, पत्रकार अच्युत पुरी, अग्निनियन्त्रक सुनिता सिवाकोटीलगायतलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्