Techie IT
Mission Khabar

ब्राउनसुगरसहित पक्राउ गरेका र्‍यापर लाहुरेसहितका ४ जनाविरुद्ध ८ दिन थुनामा राखेर अनुसन्धानको अनुमती


काठमाडौं । बुधबार बेलुका ब्राउनसुगरसहित पक्राउ गरेका र्‍यापर लाहुरेसहित ४ जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । बुधबार बेलुका पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडबाट लागू औषध ब्राउनसुगरको खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ यी ४ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले सुराकीका आधारमा पिछा गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम बरामद गरेको बताइएको छ । प्रहरीको थप अनुसन्धान पश्चात् पोखरा महानगरपालिका वडा नं ८ सभागृहमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम समेत फेला परेको थियो ।

पक्राउ पर्नेहरु लागू औषध कारोबारी रहेको दाबी प्रहरीले गरिरहेको छ । उनीहरुको साथबाट डिजटल तराजु १ थान, नगद ३८ हजार ३५०, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरिएको छ । जिल्ला अदालत कास्कीले र्यापर लाहुरेसहितका चारैजनालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

यी हुन आगूऔषधसहित पक्राउ पर्नेहरुः
१, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना ।
२, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २१ घर भई हाल वडा नं १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा।
३, जिल्ला कास्की रुपा गाउँपालिका वडा नं ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ ।
४, जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्